प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५

काठमाडौँ । प्रिज्मा एड्भर्टाइजिङले ब्रान्डलरेट स्पेसल लिमिटेड एडिसन बेस्टब्रान्ड्स अवार्ड २०२५ जितेको छ ।
हिजो आइतबार सिंगापुरमा प्रिज्माले ब्रान्ड इन्फ्लुएन्सर क्रिएटिभ एन्ड ब्रान्डिङ सोलुसन्स श्रेणीमा सम्मान प्राप्त गरेको हो । यो अवार्डले एजेन्सीको रणनीतिक ब्रान्डिङ र सांस्कृतिक रूपमा प्रभावशाली कथावस्तु निर्माणमा अग्रणी भूमिकाको कदर गरेको कम्पनीले जनाएको छ ।
यो सम्मान ३१ जुलाई २०२५ मा सिंगापुरको सांग्रीला होटलमा आयोजित समारोहमा प्रदान गरिएको थियो, जहाँ प्रिज्मा एड्भरटाइजिङका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्य र महाप्रबन्धक शरद शाहीले एजेन्सीको तर्फबाट यो सम्मान ग्रहण गरेका थिए ।
विश्व ब्रान्ड्स फाउन्डेसनद्वारा आयोजित ब्रान्डलरेट अवाड्र्सले विश्वका सबैभन्दा प्रतिष्ठित, प्रभावशाली र प्रभावकारी ब्रान्डहरूलाई सम्मानित गर्छ । आफ्नो २०औँ वर्ष प्रवेश गरेको अवसरमा फाउन्डेसनको लिमिटेड एडिसन वार्षिकोत्सव अवार्डले रचनात्मकता, रणनीति र दीर्घकालीन ब्रान्डको पहिचान, मूल्य र प्रतिष्ठामार्फत उद्योगलाई पुनर्जनन् गर्ने विश्वव्यापी ब्रान्ड लिडरहरूलाई सम्मान गर्छ ।








