नेपाल मेडिकल कलेजमा ४२ दिनको शिशुको निधन, अस्पताल तनावग्रस्त

काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा ४२ दिनको शिशुको मृत्यु भएको छ ।

शिशुलाई गम्भीर अवस्थामै हिजो राति साढे १० बजे अस्पताल ल्याइएको थियो । अस्पतालका निर्देशक डा. नीलमणि उपाध्यायका अनुसार शिशुलाई इन्फेक्सन देखिएको थियो । ‘हिजो राति बच्चालाई ल्याउनु भएको थियो, इन्फेक्सन भएको देखियो,’ उनले मकालुखबरसँग भने, ‘अहिले शिशुका आफन्तहरूसँग छलफल भइरहेको छ ।’

शिशुको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा नाराबाजी गर्दै घेराउ गरेका छन् । उनीहरूले उपचारमा लापरबाही भएको आरोपसमेत लगाएका छन् ।

यता अस्पताल प्रशासनले भने उपचारमा कुनै कमी नभएको दाबी गरेको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 3 =