आईएमई लाइफका बीमितले ओम हस्पिटलमा १० प्रतिशत छुट पाउने

काठमाडौं । आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई स्वास्थ्य उपचारमा थप सुविधा प्रदान गर्ने उद्देश्यले काठमाडौंको चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरसँग एक महत्वपूर्ण सम्झौता गरेको छ । सम्झौता अनुसार आई. एम. ई. लाइफ इन्स्योरेन्ससँग आबद्ध सम्पूर्ण बीमित, अभिकर्ता र कर्मचारीहरूले ओम हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौता अनुसार, आई. एम. ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले ओम हस्पिटलको अन्तरङ्ग सेवा, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरूमा यो छुट सुविधा प्राप्त गर्नेछन् । साथै, अस्पतालले प्रदान गर्ने हेल्थ चेकअप प्याकेजहरूमा पनि विशेष सहुलियत दिइने कम्पनीले जनाएको छ ।

यो सुविधा लिनको लागि आई. एम. ई. लाइफ इन्स्योरेन्सका बीमितहरूले आफ्नो मोबाइलमा रहेको ‘आई. एम. ई. लाइफ मोबाइल एप’ (IME LIFE Mobile app) मा उपलब्ध प्रिभिलेज कार्ड देखाउनु पर्नेछ । त्यसैगरी, कम्पनीका अभिकर्ता तथा कर्मचारीहरूले भने कम्पनीद्वारा जारी गरिएको आधिकारिक परिचयपत्र प्रस्तुत गरी यो छुट सुविधाको लाभ लिन सक्नेछन् ।

कम्पनीले आफ्ना ग्राहकहरूलाई बीमा सेवाका अतिरिक्त यस्ता अन्य सुविधाहरू पनि प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ । यस किसिमको सहकार्यले बीमितहरूलाई स्वास्थ्य उपचारमा सहजता र आर्थिक राहत मिल्ने विश्वास दुवै संस्थाले लिएका छन् । पछिल्लो समय नेपालमा बीमा कम्पनीहरूले विभिन्न स्वास्थ्य संस्थाहरूसँग सहकार्य गरी आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने क्रम बढ्दो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 18 =