नेपाल एसबीआई बैंकलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड (एनएसबीएल) लाई लन्डनस्थित क्यापिटल फाइनान्स इन्टरनेसनल (CFI.co) र सिंगापुरस्थित एसियन बैंकिङ एन्ड फाइनान्स (ABF) ले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरेका छन् ।
सीएफआईले नेपाल एसबीआई बैंकलाई “च्याम्पियन इन मोर्डन बैंकिङ इन्नोभेसन नेपाल २०२५” को सम्मान प्रदान गरेको हो । यो अवार्डले डिजिटल एकीकरण र ग्राहकमुखी नवप्रवर्तनतर्फ बैंकको प्रतिबद्धतालाई मान्यता दिएको बताइएको छ ।
यसका साथै, एसियन बैंकिङ एन्ड फाइनान्स (ABF) ले पनि नेपाल एसबीआई बैंकलाई वर्ष २०२५ का लागि थुप्रै विधामा पुरस्कृत गरेको छ । होलसेल बैंकिङ अवार्ड्स अन्तर्गत बैंकले “नेपाल डोमेस्टिक डिजिटल ट्रान्सफर्मेसन बैंक अफ द इयर” र “नेपाल डोमेस्टिक टेक्नोलोजी एन्ड अपरेसन्स बैंक अफ द इयर” अवार्ड प्राप्त गरेको छ । त्यस्तै, रिटेल बैंकिङ अवार्ड्स अन्तर्गत “डिजिटल बिजनेस बैंकिङ इनिसिएटिभ अफ द इयर – नेपाल” र “एसएमई बैंक अफ द इयर – नेपाल” को सम्मान प्राप्त गरेको हो ।
यी अवार्डहरूले बैंकले होलसेल तथा रिटेल दुबै क्षेत्रमा ग्राहक सेवा र प्रविधि मार्फत निरन्तर नवप्रवर्तन गर्दै आएको पुष्टि गर्छन् ।
नेपाल एसबीआई बैंकले पछिल्ला ३२ वर्षदेखि सेवा दिँदै आएको छ । हाल बैंकले १०१ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, २० ब्रान्चलस बैंकिङ सेवा, १२५ एटिएम र एउटा कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ ।








