पृथ्वीराजमार्गको ऐनापहरामा बस दुर्घटना

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा बस दुर्घटना भएको छ ।

गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नं को बस आज दिउँसो सडकबाट तल खसेर दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले दुर्घटनामा घाइते पाँच जनाको उद्धार गरी उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको बताए ।

मस्र्याङ्दी नदीको माथिल्लो भागमा बस अड्किएको छ । बस तान्नका लागि क्रेन मगाइएको र दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =