संघीय लोकतान्त्रिक मोर्चा अब फुट्नु हुँदैन : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले संघीय लोकतान्त्रिक मोर्चा अब विघटन हुन नहुने बताएका छन् ।

आइतबार मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अब ठोस निर्णय गरेर जनताका लागि संघीय लोकतान्त्रिक मोर्चा बनेको हो भन्ने सन्देश दिन जरुरी रहेको बताए ।

उनले सबैतिरबाट लालच राख्यो भने लालचकै पोखरीमा डुब्ने बाहेक केही नहुने बताए । अवहेलनाका बीचमा कसरी सम्मानित हुने भन्ने सोच्नुपर्ने बताए । पहिला आफू सच्चिने र जनताका लागि त्याग गर्न सकिन्छ की सकिँदैन भन्ने सोच्न आग्रह गरे ।

उनले भने, ‘हामीले अब ढिलो गर्नुहुन्न । निर्णय लिएपछि ठोस निर्णय लिनुपर्छ । सबैतिरबाट लालच नै राख्यो भने लालचकै पोखरीमा डुब्छौँ । अन्ततोगत्वा त्यसले हामीलाई मृत्यु मात्रै दिन्छ । हामी अब धेरै अपहेलित भइसक्यौँ । मोर्चाका साथीहरूले विशेषतः सोच्नुपर्छ । हामी यो अवहेलनाका बीचमा सम्मानित कसरी हुने धेरै महत्वपूर्ण निर्णय गर्नुपर्छ । जनताले पत्याउने कसरी बन्ने त्यसमा अघि बढ्नुपर्छ । पहिला आफू सच्चिएर जनताका निम्ति त्याग गर्नुपर्छ । जिन्दगीभर जनतालाई न्याय दिन तयार छौँ की छैनौँ यसको हेक्का राख्नुपर्छ । अब हुने चुनावमा पनि देखिन्छ कत्तिको जनताले पत्याउँछन् । धेरै पछि एउटै मोर्चामा हामी उनिएका छौँ । अहिले जुटेका छौँ । फेरि छुट्ने, फुट्ने प्रयत्न नगरौँ । एक भएर अघि बढ्ने प्रयत्न गरौँ ।’

उनले मोर्चाको नीति र सिद्धान्त एक बनाएर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 20 =