बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु

बैतडी । करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–३ गिरीबगर निवासी केशव कोलीका १३ वर्षीय छोरा किरण कोली रहेको प्रहरीले जनाएको छ ।

आज दिउँसो स्थानीय डिन्नीगाड खोलामा बालुवा सङ्कलन गर्न गएका किरणले नजिकै रहेको विद्युत् पोलमा छुन पुगेपछि करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 9 =