देउवाको निर्देशनपछि मुख्यमन्त्री लामा राजीनामा दिन तयार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा पदबाट राजीनामा दिन तयार भएका छन् ।

लामाका निकट प्रदेश सांसद तीर्थ लामाले मुख्यमन्त्रीले शुक्रबारभित्र राजीनामा दिने जानकारी दिएका छन् ।

‘सभापतिले हिजो राजीनामा गर्न निर्देशन दिनुभएको छ,’ उनले भने, ‘भोलिसम्म उहाँले राजीनामा दिनुहुन्छ ।’

मुख्यमन्त्री लामाको एक वर्षे कार्यकाल पूरा भइसकेको छ । यस अवधिमा उनीविरुद्ध असन्तुष्ट पक्षले संसदीय दलमा अविश्वासको प्रस्ताव अघि सारेको थियो ।

प्रस्ताव पारित भएपछि कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भइसकेका छन् । अब उनलाई मुख्यमन्त्री बनाउने तयारी कांग्रेसले थालेको छ ।

पार्टीभित्र लामाले एक वर्षभित्र पद छाड्ने सहमति गरे पनि त्यस अनुरूप काम नगरेको भन्दै असन्तुष्ट पक्षले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

तर, संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री चयनमा दलको नेताको हैसियत आवश्यक नपर्ने भन्दै लामा राजीनामा दिन अडिग थिए ।

बागमतीको राजनीतिक अस्थिरता चुलिएपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताबीच बैठक बसेको थियो ।

लामाले कांग्रेस–एमाले गठबन्धनको तर्फबाट मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए । अब भने इन्द्र बानियाँको नेतृत्वमा नयाँ सरकार बन्ने प्रष्ट संकेत देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =