हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ बम्पर अफरको विजेता घोषणा

काठमाडौँ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि., नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरकले, हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ बम्पर अफर को विजेता आधिकारिक रूपमा घोषणा गरेको छ ।

यस अफरको महा–पुरस्कार, हुन्डाई भेन्यु १.२, कुबेर कन्स्ट्रक्सन प्रा. लि. लाई प्रदान गरिएको छ ।

‘फेस्टिभ डिलाइट २०८१’ अफर नेपालको सबैभन्दा ठुलो चाडपर्व दसैँ र तिहारको अवसरमा सुरु गरिएको थियो । यो अभियान भदौ ६ गते देखि कार्तिक २३ गते, २०८१ सम्म सञ्चालनमा थियो, जहाँ ग्राहकहरूलाई आकर्षक नगद छुट, एक लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड, एक वर्षको सडक कर भुक्तानी, एक वर्षको कम्प्रीहेंसिव बीमा, र पुराना सवारीसाधन साट्न चाहनेहरूका लागि एक्सचेन्ज बोनस लगायतका विविध लाभहरू प्रदान गरेको थियो।

बम्पर पुरस्कार विजेताको घोषणा २०८२ साउन १५ गते मा हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरियो। उक्त घोषणामा हुन्डाईका प्रतिनिधिहरूको उपस्थितिसँगै विजेता कन्स्युमार आई नेपाल की अध्यक्ष विमला खनालको संयोजकत्वमा विधिवत् सम्पन्न गरिएको थियो।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले कुबेर कन्स्ट्रक्सन प्रा. लि. लाई यस भव्य जितका लागि हार्दिक बधाई ज्ञापन गर्नुका साथै यस अभियानलाई भव्यताका साथ सफल बनाउन सक्रिय सहभागी हुने सम्पूर्ण ग्राहकवर्गप्रति गहिरो कृतज्ञता व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =