मुख्यमन्त्री शाहलाई विश्वासको मत, नाउपाका सांसद कैलाश चौधरीको साथ
२०८२ साउन १५ गते

मुख्यमन्त्री कमलबहादुर शाह
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशसभा बैठकबाट विश्वासको मत प्राप्त गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन् ।
अच्चमको अवस्था तब देखियो जब समर्थन फिर्ता गर्ने नाउपाकै सांसद कैलाश चौधरीले मुख्यमन्त्री शाहको पक्षमा मतदान गरे ।
नाउपाका सात सांसदमध्ये ६ जना प्रदेशसभा बैठकमा अनुपस्थित रहे भने उपस्थित एकमात्र सांसद चौधरीले शाहलाई मत दिएका हुन् ।
मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेसका १८ र नेकपा एमालेका ११ सांसदले पनि समर्थन जनाएका छन् ।
हाल मतदान सम्पन्न भइसकेको छ भने मतपरिणामको औपचारिक घोषणा भने हुन बाँकी रहेको प्रदेशसभा स्रोतले जनाएको छ ।
२०८२ साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित








