सामसङ ग्यालेक्सी वाच८ सिरिज, अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल

काठमाडौँ । सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको स्मार्टवाच, ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ ।

यो सिरिजले दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी, र स्मार्ट कनेक्टिभिटीलाई एउटै घडीमा जोडेको कम्पनीले जनाएको छ । दिनभरि लगाउन मिल्ने र दैनिक स्वास्थ्यमा साथ दिने हिसाबले डिजाइन गरिएको यो वाच सिरिजले स्मार्ट वेरेबल प्रविधिमा नयाँ आयाम थपेको कम्पनीले जानकारी दिएको छ ।

ग्यालेक्सी वाच८ अझ पातलो डिजाइन, ब्राइट स्क्रिन र प्रिसाइस स्वास्थ्य ट्र्याकिङका लागि अपग्रेड गरिएको बायोएक्टिभ सेनसर सहित जडित छ । यसले सुत्ने समयको सल्लाह दिने सुविधा ल्याएको छ, जसले सर्केदीयन् रिदमको विश्लेषण गरेर कहिले सुत्दा बिहान ताजगीको साथ उठ्न सक्ने सुझाव दिन्छ।

यसमा रहेको रनिंग कोचले दौडने अभ्यासमा वास्तविक समयमा सुझाव दिई प्रदर्शन सुधार गर्न सहयोग गर्छ । साथै, करोडेनोइड लेभल छिटो जाँच्न सकिने भएकाले स्वस्थ जीवनशैली र उमेरसँग सम्बन्धित निर्णयहरू सजिलै लिन सकिने बताइएको छ ।

अब जेमिनी एआईको सहायताले वाचलाई भोइस कमान्ड दिएर नियन्त्रण गर्न सकिने बताइएको छ । सामसङ हेल्थ जस्ता एपहरूबाट अपडेट पाउने, मेसेज पठाउने वा व्यायाम सुरु गर्ने जस्ता सबै काम स्वाभाविक आवाज आदेशमार्फत, हात नचलाई नै गर्न सकिन्छ । ग्यालेक्सी वाच८ले अबको स्मार्ट वाच अनुभवलाई अझ व्यक्तिगत, सहज र स्वास्थ्य केन्द्रित बनाएको कम्पनीले दाबी गरेको छ ।

कम्पनीका अनुसार पहिलेभन्दा झनै पातलो, हलुका र हातमा सहज लाग्ने बनावटले यसलाई लामो समयसम्म लगाउन उपयुक्त बनाएको छ। यसमा प्रयोग गरिएको मेटलको फ्रेम र स्किनलाई नझ्याप्ने ब्यान्डले आरामदायक अनुभव दिने बताइएको छ ।

यो वाचको मिनिमलिस्ट शैली व्यायामदेखि अफिस मिटिङसम्मका सबै पहिरनमा सुहाउँछ । यो स्टाइलिस मात्रै होइन, हातमा लगाउँदा झर्को पनि नलाग्ने र एकदमै सहज लाग्ने बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 8 =