सारथी लजिस्टिक्सको विराटनगर शाखाको भव्य उद्घाटन

काठमाडौँ । सारथी लजिस्टिक्स प्रा. लि ले आज विराटनगरमा आफ्नो नयाँ शाखाको भव्य उद्घाटन गरेको छ ।
उद्घाटन समारोहको अवसरमा कम्पनीले विराटनगर र इटहरीबाट देशका २५ भन्दा बढी मुख्य सहरहरूमा बुकिङ सेवा सुरु गरेको औपचारिक घोषणा गर्यो।
बर्दिबास, सर्लाही, वीरगञ्ज, हेटौँडा, टाडी (पर्सा), नारायणघाट, कावासोती, बुटवल, भैरहवा, बर्दघाट, परासी, घोराही, तुलसीपुर, रुकुम, सल्यान, पाल्पा, प्युठान, अर्घाखाँची, चौनौटा, कोहलपुर, नेपालगन्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर,
काठमाडौँ, पोखरा र त्रिशूलीमा सारथी लजिस्टिक्सले बुकिङ सेवा सुरु गरेको हो ।
यस विशेष अवसरमा, सारथी लॉजिस्टिक्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार न्यौपानेले आफ्नो मन्तव्यमा भने ‘हामी आज विराटनगरजस्तो प्रमुख व्यापारिक केन्द्रमा सारथीको सेवा विस्तार गर्न पाउँदा अत्यन्त गर्व महसुस गर्दैछौं । यो हाम्रो लक्ष्यतर्फको अर्को ठुलो पाइला हो – जहाँ हाम्रा ग्राहकहरूलाई भरपर्दो, किफायती, र प्रविधिमैत्री सेवा उपलब्ध गराउने हाम्रो मिसन रहेको छ। हाम्रो दृष्टिकोण नेपालका सबै सहर र गाउँहरूलाई सहज रूपमा जोड्ने, आर्थिक समृद्धिमा सहयोग गर्ने, र देशव्यापी मानक स्थापना गर्ने हो। चाँडै नै हामी देशका सबै प्रमुख सहरहरूमा हाम्रो उपस्थिति बनाउने योजनामा छौँ ।’
उक्त समारोहमा स्थानीय विशिष्ट व्यक्ति, उद्योगीरव्यवसायी, साझेदारहरू र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सारथी लजिस्टिक्सले पारदर्शिता, ग्राहक सन्तुष्टि, र राष्ट्रिय गौरवसहितको सेवा प्रदान गर्ने दृढ सङ्कल्प लिएको छ।








