‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल

काठमाडौं । वीर अस्पतालले बिरामी कुरुवाका लागि कुरुवा घर निर्माण गर्ने भएको छ ।

अस्पतालको १३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माले यसबारे जानकारी गराएका हुन् । हालसम्म ७७ जिल्लाकै बिरामीको उपचार हुने गरेको वीर अस्पतालमा कुरुवा घर छैन ।

७७ जिल्लाबाट राजधानीमा आएर उपचार गर्दा बिरामी कुरुवाहरु समस्यामा पर्नेकुराको मध्यनजर गरी कुरुवा घरको व्यवस्था गर्न लागेको बताए ।

अस्पतालले ओपिडीको बिल्डिङबाट नयाँ सर्जिकल ब्लकमा जाने क्रममा पब्लिक भेइकल बढी हिँड्ने बाटो रहेकाले बिरामीलाई पनि धेरै अफ्ठ्यारो भएको महशुस गरी आकाशे पुलको निर्माण गर्ने योजनाअनुसार काम गरिरहेको बताए ।

ओपिडी काउन्टर थपि प्रतिक्षालयको स्तरोन्नति गर्ने गरी क्यानोपि निर्माणको योजना बनाएको पनि बताए ।

निर्देशक शर्माले अस्पतालको विद्यमान सर्भर पुरानो भएकाले र धान्नसक्ने स्थिति पनि नरहेकाले बजेटको आवश्यकता रहेको बताए ।

एकीकृत डाटा सेन्टरको स्थापनाको लागि सरकारसँग आग्रह गरे । वीर अस्पतालको विस्तारित दुवाकोट परियोजनालाई यथाशिघ्र अघि बढाउन माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eleven =