नेपाल प्रहरीले गत आर्थिक वर्षमा खर्च गर्‍यो ९६.४५ प्रतिशत बजेट

काठमाडौं । नेपाल प्रहरीले गत आर्थिक वर्षमा ९६.४५ प्रतिशत बजेट खर्च गरेको छ ।

आईतवार प्रहरी मुख्यालयमा आयोजित पत्रका सम्मेलनका क्रममा यसबारे जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले गत आर्थिक वर्षमा प्रहरीलाई ५८ अर्ब ४० करोड ८८ लाख १४ हजार रहेको र जसमध्ये ५६ अर्ब ३३ करोड २९ लाख ४७ हजार खर्च भएको बताए ।

उनले २ अर्ब ७ करोड ५५ लाख ९२ हजार ४२० खर्च हुन नसकेको पनि बताए । ‘गत आर्थिक वर्षमा नेपाल प्रहरीलाई विनियोजित भएको बजेट ५८ अर्ब ४० करोड ८८ लाख १४ हजार थियो । जसको ९६.४५ प्रतिशत खर्च भएको छ । ५६ अर्ब ३३ करोड २९ लाख ४७ हजार खर्च भएको छ । २ अर्ब ७ करोड ५५ लाख ९२ हजार ४२० खर्च हुन सकेन । चालु आर्थिक वर्षमा नेपाल प्रहरीलाई विनियोजित बजेट ६० अर्ब ९५ करोड १३ लाख विनियोजन भएको छ’ उनले भने ।

उनले चालु आर्थिक वर्षमा नेपाल प्रहरीलाई ६० अर्ब ९५ करोड १३ लाख विनियोजन भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 11 =