नेशनल लाईफको ‘गाला कन्सर्ट’ भव्यरूपमा सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान तथा प्रेरणा स्वरूप भैरहवाको सिद्धार्थ भिलासामा ‘गाला कन्सर्ट’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

कम्पनीले २०८२ सालको जेठ महिनामा जारी गरेको मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य सफलतापूर्वक पुरा गर्ने अभिकर्ताहरुको सम्मानमा आयोजना गरिएको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे ।

उक्त अवसरमा विभागीय प्रमुख, शाखा प्रमुखलगायत देशभरिबाट करिब ३५० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रारम्भमा सहभागी अभिकर्ताहरुलाई ‘स्ट्रेस म्यानेजमेन्ट’ सम्बन्धी प्रशिक्षण दिइएको थियो । चर्चित प्रशिक्षक रामहरी पौडेलले तनाव व्यवस्थापनका विभिन्न आयामबारे व्यावहारिक जानकारी प्रस्तुत गरेका थिए ।

प्रशिक्षणपछि सुरु भएको गाला कन्सर्टमा चर्चित हास्यकलाकार सुमन कोइरालाको स्ट्यान्डअप कमेडी प्रस्तुतिसँगै चर्चित कलाकार प्रकाश सपुत, समीक्षा अधिकारी, बावुल गिरी तथा भोजपुरी गायक सोनु कुमार मण्डलले संगीतमय प्रस्तुति दिएका थिए । डीजे अमुको विशेष प्रस्तुतीमा सहभागीहरुले नाचगान गर्दै कार्यक्रमको भरपुर मनोरञ्जन लिएका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले गत वर्षको सफलतापछि यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको बताउँदै देशभरका अभिकर्ताहरुको उत्साहजनक सहभागिताले कार्यक्रम अझ भव्य बनेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 2 =