सिद्धार्थ बैंकका ग्राहकलाई जावेद हबीब सैलूनमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनमा सेवा लिँदा विशेष छुट पाउने भएका छन् ।

बैंक र जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनबीच भएको सम्झौताअनुसार, ग्राहकहरूले काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा रहेको सैलूनबाट सेवा लिएमा छुटको सुविधा पाउनेछन् ।

सहमति अनुसार, सिद्धार्थ बैंकको डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले १५ प्रतिशत छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोगकर्ताले २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले यो सहकार्यले ग्राहकलाई नगद कारोबारबाट डिजिटल भुक्तानीतर्फ प्रोत्साहित गर्ने विश्वास लिएको छ । साथै, सेवाग्राहीलाई थप सुविधा दिन बैंक निरन्तर यस्ता साझेदारी गर्दै जाने बताएको छ ।

यस समन्वयसम्बन्धी थप जानकारीका लागि सिद्धार्थ बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ‘सिद्धार्थ केयर’ ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =