ज्योति विकास बैंकको १७औँ वार्षिकोत्सव समारोह सम्पन्न

काठमाडौँ । ज्योति विकास बैंकले स्थापनाको १७औँ वार्षिकोत्सव सम्पन्न गरेको छ।

बैंकले आज श्रावण ०९ गते, शुक्रवार, गौरवमय १७ वर्षको सफल यात्रा पुरा गरी १८औँ वर्षमा प्रवेश गरेको छ।

प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए । उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरू, भूतपूर्व अध्यक्ष, भूतपूर्व सञ्चालकहरू र कर्मचारीवर्गको उपस्थिति रहेको थियो । बैंकका अध्यक्ष हरि चन्द्र खड्काले पानसमा दीप प्रज्वलन गरी औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरेका थिए ।

बैंकले वार्षिकोत्सवको दिन उपलब्ध एआई च्याटबट ‘ज्योति’ सार्वजनिक गरेको छ, जसले सरल इन्टरफेस र भाषिक विकल्पमार्फत ग्राहकहरूलाई बैंकिङ्ग जानकारीमा सहज पहुँच र तुरुन्तै जानकारी प्राप्त गर्ने सुविधा प्रदान गर्ने बताइएको छ। यसले बैंकको डिजिटल ग्राहक सेवा थप सशक्त बनाउने विश्वास लिइएको बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले सेवा सुरु गरेको छ। यस सेवामार्फत खाता नभएका व्यक्तिहरूले पनि आफ्नो बैंकको मोबाइल बैंकिङ्ग एप वा खल्ती वालेट प्रयोग गरी ज्योति विकास बैंकका शाखाबाट सहज रूपमा नगद झिक्न सक्नेछन्, जुन सेवा विशेषगरी वा सम्बन्धित शाखा पायक नपर्ने अवस्थाहरूमा निकै उपयोगी हुने बैंकले जानकारी दिएको छ ।

वार्षिकोत्सवको अवसरमा, बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत विविध गौरवपूर्ण सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको घोषणा तथा सम्झौता गरेको छ । तिलगंगा इन्स्टिच्युट अफ अफथ्याल्मोलोजीसँगको सहकार्यमा सप्तरीको कञ्चनपुरमा आँखा जाँच तथा मोतिविन्दुको निःशुल्क शल्यक्रिया सञ्चालन हुने बताइएको छ।

बैंकका अनुसार राष्ट्रिय आविष्कार केन्द्रसँगको साझेदारीमा १० वटा ‘न्यानो नानी’ बेबी वार्मर उपकरण दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा जडान गरिनेछ । यस्तै, ई–नेबल नेपालसँग मिलेर १७ जना शारीरिक तवरले फरक बालबालिकालाई प्रविधिबाट निर्मित कृत्रिम हात प्रदान गरिनेछ। साथै, हरियाली प्रवर्द्धनका लागि लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्यमा सातै प्रदेशमा १,७०० वृक्षारोपण गरिने बैंकले घोषणा गरेको ।

कार्यक्रममा अध्यक्ष हरि चन्द्र खड्काले मन्तव्य व्यक्त गर्दै, बैंकको १७ वर्षको सफल यात्रामा साथ दिने ग्राहक, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे । आगामी दिनहरूमा पनि यस्तै साथ र समर्थनको अपेक्षा गर्दै, उनले बैंक सामाजिक समृद्धि र कर्मचारी विकासमा निरन्तर क्रियाशील रहेको उल्लेख गरे ।

त्यसैगरी, समारोहलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंक स्थापनाको परिकल्पना गर्ने संस्थापक सञ्चालकहरू, पूर्व अध्यक्षहरू, कर्मचारी, शेयरधनी र ग्राहक वर्गहरूलाई आभार व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत ढकालले बैंकका विभिन्न कार्यक्रम उपलब्धि र संस्थागत सामाजिक उत्तरदायित्वमा प्रकाश पार्दै बैंकले बोकेको उद्देश्य र ध्येय प्राप्तिमा थप सशक्त हुने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =