सिद्धार्थ बैंकका ग्राहकहरूलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट
२०८२ साउन ९ गते

काठमाडौँ । सिद्धार्थ बैंक र सारंग हेल्थ केयर प्रा.ली. बिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बखुडोल, ललितपुर स्थित सारंग हेल्थ केयरमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी क्लिनिकल सेवाहरूको भुक्तानी गर्दा ५ प्रतिशत सम्मको छुट तथा ल्याबोरेटरी सेवाहरूको भुक्तानी गर्दा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैङ्कले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न बैङ्कले आग्रह गरेको छ ।
२०८२ साउन ९ गते
प्रतिक्रिया
सम्बन्धित








