शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ८ प्रतिशत ऋणपत्र बाँडफाँट सम्पन्न

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले जारी गरेको १० वर्षको अवधि रही वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘शाइन रेसुङ्गा डिवेञ्चर’ नामको रु।१ अर्ब रकम बराबरको १० लाख कित्ता ऋणपत्रहरू आज निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँको प्राङ्गणमा सफलतापूर्वक बाँडफाँट सम्पन्न भएको छ ।

उक्त ऋणपत्र खरिदका लागि उत्साहजनक रूपमा ५।९५ गुणाभन्दा बढी आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ ।

कूल निष्कासित रकमको ६० प्रतिशत व्यक्तिगत तवर र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा रही गत असार ३२ गतेदेखि यही साउन ४ गतेसम्म निष्कासन गरिएको थियो ।

उक्त निष्कासनमा विभिन्न सङ्घ संस्था तथा सर्वसाधारणहरुमार्फत् उत्साहजनक सहभागिता रहेको थियो ।

हालका दिनहरूमा सर्वसाधारण लगानीकर्ताहरूद्वारा ऋणपत्रमा उत्साहजनक सहभागिता जनाइरहेको छ, जसले नेपालको पुँजी बजारप्रतिको सर्वसाधारणहरूको बढ्दो जागरूकता र विश्वासलाई स्पष्ट रूपमा उजागर गरेको कम्पनीले जनाएको छ ।

यस ऋणपत्र निष्कासनको सफलतासँगै बैङ्कले आफ्नो पुँजी संरचना थप सुदृढ गर्दै देशभरिका ग्राहकहरूलाई अझ प्रभावकारी, भरपर्दो र नवीन वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको जनाएको छ ।

उक्त ऋणपत्रको निष्कासन कार्य सम्पन्न भैसकेको सन्दर्भमा यस प्रक्रियामा सहयोग पुर्याउने कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, कम्पनीका सहयोगीहरू तथा पत्रकार वृत्त लगायत सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दै बाँडफाँड कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =