शुक्रबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सयले घटेको हो ।

छापावाल सुनको मूल्य तोलाको १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन बिहीबार १ लाख ९५ हजार २ सय रुपौयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य ५ रुपैयाँले बढेर २ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी २ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 5 =