सिद्धार्थ बैंकका ग्राहकहरूलाई जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनमा २५% सम्मको छुट
२०८२ साउन ५ गते

काठमाडौँ । सिद्धार्थ बैंक र जावेद हबीब हेयर एण्ड ब्युटी सैलून बिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार, ठमेल, छायाँ सेन्टर, काठमाडौँस्थित जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनमा ग्राहकहरूले सम्पूर्ण सेवाहरूमा डेबिट कार्ड प्रयोग गरेमा १५५ छुट र क्रेडिट कार्ड प्रयोग गरेमा २५५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा वा ०१–५९७००२० मा सम्पर्क गर्न सकिने बैंकले जानकारी दिएको छ ।
२०८२ साउन ५ गते
प्रतिक्रिया
सम्बन्धित








