वैद्य निवासमा प्रचण्ड, स्वास्थ्य अवस्थाबारे लिए जानकारी
२०८२ साउन ४ गते

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणसँग भेटवार्ता गरेका छन् ।
लामो समयदेखि बिरामी रहेका वैद्यलाई भेट्न प्रचण्ड उनकै निवासमा पुगेका थिए । उनले वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
उनले वैद्यको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लागेको बताएका छन् । ‘आज कमरेड मोहन वैद्य ‘किरण’जीसँग भेट्न उहाँकै निवासमा गएँ । स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लाग्यो । उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु’ प्रचण्डले फेसवुकमा लेखेका छन् ।
२०८२ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित









