‘वेद फर यु’ कार्यक्रम सम्पन्न, ४ दिनमा ५ सय बढी विद्यार्थीले लिए परामर्श

काठमाडौं । वेद इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि आयोजना गरेको ‘वेद फर यु’ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
काठमाडौंको पुतलीसडकस्थित मुख्य कार्यालयमा सञ्चालन गरिएको चारदिने कार्यक्रममा यूएसए, क्यानडा, अष्ट्रेलिया र युके लगायतका देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
विदेशमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा करिब पाँच सयभन्दा बढी विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको रहेको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले यथार्थपरक तथा अनुभवसिद्ध परामर्श पाएको प्रतिक्रिया दिएका छन् ।
कार्यक्रममा सहभागी विदेशी विश्वविद्यालयका प्रतिनिधि तथा अनुभवी काउन्सलरहरूले विद्यार्थीहरूलाई सम्बन्धित देशको शैक्षिक संरचना, भिसा प्रक्रिया, आवश्यक कागजात, तथा अवसरबारे विस्तृत जानकारी दिएका थिए । विद्यार्थीहरूले उनीहरूको जिज्ञासाको जवाफ सिधै विज्ञहरूसँग पाउने मौका पाएका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थी प्रशंसा पाण्डेले भनिन्, ‘मैले अष्ट्रेलियाको बारेमा बुझ्न वेद कन्सल्टेन्सीमा आएको थिएँ । मैले सोचेभन्दा धेरै राम्रो परामर्श पाएँ । वेदलाई धेरै धेरै धन्यवाद ।’ अर्की विद्यार्थी स्वयता जैसवालले पनि वेदको परामर्श प्रभावकारी रहेको उल्लेख गरिन् । उनले भनिन्, ‘मेरो साथीको सल्लाहमा वेदमा आएकी थिएँ । अष्ट्रेलियाको लागि धेरै कुरा प्रष्टसँग बुझ्न पाइयो ।’
यस्तै अर्का विद्यार्थी विद्यार्थी दिपक जैसवालले पनि वेद कन्सल्टेन्सीबाट आफूले राम्रो परामर्श पाएको उल्लेख गरे । ‘बाहिर पढ्न चाहनेलाई वेद उत्कृष्ट विकल्प हो,’ उनले भने ।
कार्यक्रमलाई थप रोचक बनाउन बिङ्गो गेम पनि आयोजना गरिएको थियो । बिङ्गो जित्ने विजेतालाई बन्जी जम्पको निःशुल्क टिकट दिइएको थियो भने अन्य विजेताहरूलाई जिपलाइन तथा चलचित्र हेर्ने टिकट प्रदान गरिएको थियो ।
कार्यक्रम समापनसँगै वेद इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक आशिक कार्कीले विद्यार्थीको उत्साहप्रति खुसी व्यक्त गरे । उनले विद्यार्थीको उत्साहित सहभागिताले थप प्रेरणा मिलेको बताए । ‘विद्यार्थीहरूको उपस्थिति र उनीहरूको उत्साहित सहभागिता हाम्रो लागि थप प्रेरणादायी भएको छ’ उनले भने ।

त्यसैगरी, शैक्षिक सल्लाहकार रोशन पन्तले विद्यार्थीहरूले प्रत्यक्ष रूपमा विदेशी काउन्सलरहरूसँग कुरा गर्न पाएको जानकारी दिए ।
उनले आगामी दिनमा यस्ता कार्यक्रहरु निरन्तर गर्दै जाने बताए । ‘विद्यार्थीहरूले प्रत्यक्ष रूपमा विदेशी काउन्सलरहरूसँग कुरा गर्न पाएका छन् । उनीहरूबाट राम्रो प्रतिक्रिया पाइरहेका छौं। यस्ता कार्यक्रमहरू हामी निरन्तर गर्दै जानेछौं ।’
वेद इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सी सन् २०१० देखि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई परामर्श दिँदै आएको संस्था हो ।
कन्सल्टेन्सीले अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, नेदरल्याण्ड र जापानलगायतका शैक्षिक गन्तव्यका लागि सेवा दिँदै आइरहेको छ ।
विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्ने लक्ष्यसहित सञ्चालन गरिएको ‘वेद फर यु’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।








