नबिल बैंकको कर्जा सेवा : घरदेखि व्यवसायसम्मको वित्तीय समाधान

काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि व्यक्तिगत तथा व्यावसायिक विभिन्न प्रकारका कर्जाहरू उपलब्ध गराउँदै आएको छ ।

ग्राहकहरूको व्यवसाय विस्तार, आवास निर्माण, जीवनस्तर सुधार तथा विविध उद्देश्य प्राप्तिका लागि बैंकले यस्ता कर्जाहरू उपलब्ध गराउँदै आएको हो ।

सुरक्षित, सुलभ र प्रतिस्पर्धी ब्याजदरमा ग्राहकहरूको आवश्यकता, आयस्रोत, र क्षमता अनुसार अनुकूल कर्जा उपलब्ध गराएको बैंकले जानकारी दिएको छ ।

यस अन्तर्गत बैंकले ग्राहकहरूका लागि आवास कर्जा, व्यक्तिगत कर्जा, सवारी कर्जा, बिमा सुविधासहित शैक्षिक कर्जा, व्यावसायिक कर्जा तथा अन्य लकर सेवाहरू पनि उपलब्ध गराउँदै आएको छ ।

यहाँ नबिल बैंकले प्रदान गर्ने केही कर्जाका विशेषता र प्रक्रियाहरूका बारेमा उल्लेख गरिएको छ ।

१. आवास कर्जा

नबिल बैंकको ‘आवास कर्जा’ घर निर्माण, खरिद, मर्मत तथा विस्तार गर्न चाहने व्यक्तिहरूका लागि लक्षित गरिएको कर्जा हो । यस कर्जा मार्फत बैंकले न्यूनतम प्रोसेसिङ शुल्क र सहज किस्ताबन्दीको माध्यमबाट ग्राहकहरूको घर बनाउने सपना पुरा गर्न सहयोग गर्ने जनाइएको छ ।

मुख्य विशेषताहरू :

  • न्यूनतम ब्याज दर
  • अधिकतम ३५ वर्षसम्मको अवधि
  • घर खरिद, निर्माण, मर्मत र पुनः निर्माणको लागि उपयुक्त
  • स्वतन्त्र आय स्रोत भएका व्यक्तिहरूको लागि पनि उपलब्ध
  • मासिक किस्ता भुक्तानीमा आधारित

२. व्यक्तिगत कर्जा

नबिल बैंकले व्यक्तिगत आवश्यकता पूर्तिका लागि समेत सहज ऋण सेवा उपलब्ध गराएको छ। शिक्षा, विवाह, उपचार, यात्रा वा अन्य आपत्कालीन खर्चका लागि नबिलको व्यक्तिगत ऋण उपयुक्त विकल्प भएको बैंकले जानकारी दिएको छ ।

मुख्य विशेषताहरू :

  • छोटो अवधिको कर्जा (१– ७ वर्ष)
  • आय स्रोतअनुसार ऋण सीमा निर्धारण
  • प्रोसेसिङ सजिलो र छिटो

३. सवारी कर्जा
नयाँ वा पुराना निजी वा व्यावसायिक प्रयोजनका लागि सवारी साधन खरिद गर्न चाहने ग्राहकहरूको लागि नबिलले सवारी कर्जा योजना ल्याएको हो । यस योजनाले ग्राहकलाई चार पाङ्ग्रे सवारी खरिदमा आर्थिक सहयोग प्रदान गर्ने बैंकले जनाएको छ ।

मुख्य विशेषताहरू

  • सवारी मूल्यको ६० प्रतिशत सम्म कर्जा
  • ५ – ७ वर्ष कर्जा अवधि
  • न्युनतम ब्याज दर
  • बिमा सुविधासहित सवारी कर्जा

४. शैक्षिक कर्जा

देश तथा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकहरूको लागि नबिल बैंकको शैक्षिक कर्जा विशेष उपयोगी सेवा हो। यसले गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउन योगदान दिन्छ ।

मुख्य विशेषताहरू

  • नेपाल तथा विदेशका मान्यताप्राप्त संस्थामा अध्ययन गर्न सकिने
  • ट्युसन, आवास, टिकट लगायतका खर्च कभर
  • पढाइ सकेपछि मासिक किस्ता तिर्न मिल्ने ग्रेस अवधि

५. व्यावसायिक कर्जा

नबिल बैंकले साना, मझौला तथा ठूला व्यवसायहरूका लागि व्यावसायिक कर्जा योजना उपलब्ध गराएको छ। यो कर्जा उत्पादन, सेवा, व्यापार, कृषि, पर्यटन, निर्माण लगायत विभिन्न क्षेत्रका व्यवसायहरूको विकास र विस्तारमा अत्यन्त उपयोगी हुने बैंकले दाबी गरेको छ ।

मुख्य प्रकार

  • वर्किङ क्यापिटल लोन
  • ट्रम लोन (मेसिन, उपकरण, भवन निर्माणका लागि)
  • ओभरड्राफ्ट सुविधा
  • व्यापार वित्त (एलसी, बैंक ग्यारेन्टी, आयातरनिर्यात ऋण)
  • एसएमई लोन (साना र मझौला उद्यमका लागि)

मुख्य विशेषताहरू :

  • व्यवसायको प्रकार अनुसार अनुकूल योजना
  • सहज कागजात प्रक्रिया
  • विशेषज्ञद्वारा परामर्श सुविधा

कर्जा लिने प्रक्रिया

माथि उल्लेखित कर्जा लिन ग्राहकहरूले निम्न प्रक्रियाहरू अपनाउनु पर्दछ :

  • आवेदन फारम भर्ने
  • व्यक्तिगत विवरण र आयसम्बन्धी कागजात बुझाउने
  • धितो (जग्गा, एफडी, सवारी आदि) विवरण पेस गर्ने
  • बैङ्कद्वारा मूल्याङ्कन र स्वीकृति प्रक्रिया
  • ऋण सम्झौता र रकम हस्तान्तरण

नबिल बैंक लिमिटेडको कर्जा लिने ग्राहकहरूका लागि यो सेवा व्यक्तिगतदेखि व्यावसायिक जीवनको सफलताका लागि एकदमै महत्पूर्ण सेवा हो । यस कर्जा सेवाले ग्राहकहरूको घर बनाउने र व्यवसाय विस्तार गर्ने सपनालाई साकार पर्न प्रत्यक्ष मद्दत गर्ने कम्पनीले जानकारी दिएको छ ।

बैंकका अनुसार नबिल बैंकको कर्जा योजना ग्राहकको आवश्यकता बुझेर तयार गरिने लचिलो योजना भएकाले हजारौं ग्राहकको रोजाइमा पर्न सफल भएको छ । यदि कुनै उद्देश्यका लागि कर्जा चाहिएमा नजिकको नबिल शाखामा सम्पर्क गर्न वा बैंकको ‘कस्टमर केयर’ मा सम्पर्क गर्न पनि बैंकले सबै ग्राहकहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =