सोवितालाई सांसद विकको जवाफ– सरकारी स्कुलमै पढेको हो, नेपाली राम्रोसँग बुझ्छौँ

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद शान्ति विकले सुमेरु ट्राभल्सले भिजिट भिसामा जापान पठाइदिन्छु भनेर गोरखाका एक व्यक्तिलाई ठगी गरेको बताएकी छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले २०१० मा २५ लाखमा घर बेचेर दिएको कुरा खुलासा भएको बताएकी हुन् ।

२०१० बाट २०२५ सम्म आइपुग्दा यस्ता पीडितहरू कति भए होलान् भन्दै उनले प्रश्न गरिन् । ट्राभल्सको नाममा मानव तस्कर गर्ने अनि अरूलाई मानव तस्कर जस्तो शब्द प्रयोग गरेर जबरजस्ती साबित गर्न खोज्नु घृणित व्यवहार भएको जिकिर गरिन् ।

बिना आधार, बिना उजुरी मानव तस्कर शब्द प्रयोग गरेर अरूको राजनीतिक, सामाजिक, व्यक्तिगत चरित्र समाप्त पार्ने कोसिस सह्य नहुने चेतावनी दिइन् ।

स्पेन भ्रमणमा बहानामा टोली लिएर गएर मान्छे छोडेर आयो भन्ने तथ्यहीन आरोप प्रधानमन्त्रीमाथि नलगाउन पनि चेतावनी दिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफूले प्रधानमन्त्रीसँग गएको टोली नफर्किएको नभनेको तर सांसदहरूले नेपाली पनि नबुझेको भन्ने टिप्पणी गरेपछि सांसद विकले आफू सरकारी विद्यालयमै पढेर आएको र नेपाली राम्रोसँग पढ्न आउने बताइन् ।

उनले भनिन् ‘सुमेरु ट्राभल्सले भिजिट भिसामा जापान पठाइदिन्छु भनेर गोरखाका एक व्यक्तिलाई २०१० मा २५ लाखमा घर बेचेर दिएको कुरा खुलासा भएको छ । २०१० बाट २०२५ सम्म आइपुग्दा यस्ता पीडितहरू कति भए होलान् । ट्राभल्सको नाममा मानव तस्कर गर्ने अनि मानव तस्कर जस्तो शब्द प्रयोग गरेर जबरजस्ती साबित गर्न खोज्नु घृणित व्यवहार हो । बिना आधार, बिना उजुरी मानव तस्कर शब्द प्रयोग गरेर अरूको राजनीतिक, सामाजिक, व्यक्तिगत चरित्र समाप्त पार्ने कोसिस केबल यो सहकारी रिस साँधिएको हो । यस्तो आधारहीन आरोप लगाउनु नैतिक र कानुनी दृष्टिले पनि गलत हो । देशको प्रधानमन्त्रीसँग देशको गरिमा जोडिएको हुन्छ । स्पेन भ्रमणमा बहानामा टोली लिएर गएर उहाँ नै छोडेको भन्ने आरोप छ । तथ्यहीन आरोप लगाएर रे र अरेको भरमा देशको प्रधानमन्त्रीमाथि आरोप लगाउनु यो गरिमामय सदनमा हल्का टिप्पणी गर्नु हो । हामी नेपालीका छोराछोरी हौँ । हामीलाई नेपाली पढ्न आउँछ । सामुदायिक स्कुलमै पढेका हौँ । सरकारी स्कुलमा पढेर आएको हो । नेपाली पनि बुझ्छौँ, नेपाली लाइन पनि बुझ्छौँ । प्रधानमन्त्रीलाई ठाडै आरोप लगाउन पाइन्छ सभामुख महोदय ?’

संसदमा बोल्ने अरूको कुरा नसुन्नी हिँड्ने नयाँ अभ्यास सुरु भएको हो भन्दै प्रश्न गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − thirteen =