नेप्से परिसूचक २२ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक २२ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६८४ दशमलव ०१ को बिन्दुमा कायम भएको हो ।

आज विभिन्न ३११ कम्पनीका एक करोड ९४ लाख १५ हजार ६८८ कित्ता शेयर ७१ हजार ३१३ पटक खरिदबिक्री हुँदा आठ अर्ब ३७ करोड ७३ लाख २७ हजार १४७ बराबरको कारोबार भएको छ ।

होटल तथा पर्यटन समूह शून्य दशमलव ६१ र म्युचुअल फण्ड शून्य दशमलव ०७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ७९, विकास बैंक शून्य दशमलव ८१, वित्त तीन दशमलव ७६, जलविद्युत् एक दशमलव ०२ र लगानी समूह शून्य दशमलव ७६ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बिमा शून्य दशमलव ९३, उत्पादन तथा प्रशोधन एक दशमलव २४, लघुवित्त शून्य दशमलव ७०, निर्जीवन बिमा शून्य दशमलव ६६, व्यापार एक दशमलव २५ र अन्य समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको शेयर मूल्य छ दशमलव ५६ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ८० करोड ७० लाख ५६ हजार चार सय ५१ बराबरको शेयर खरिद बिक्री भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा प्रभु सेलेक्ट फण्डको सबैभन्दा धेरै २१ लाख १९ हजार ८१७ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nine =