कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सक्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार सक्ने तयारी छ । असार १६ गते सुरु भएको बैठक आज सक्ने तयारी भएको हो ।

रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय सदस्य र पूर्वपदाधिकारीले बोल्ने क्रम सकिएपछि आइतबारदेखि पदाधिकारीले बोल्ने क्रम चलिरहेको छ । बाँकी पदाधिकारीले आजको बैठकमा बोलिसकेपछि बैठकमा पेश भएका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ ।

बैठकले क्रियाशील सदस्यता टुंगो लगाउने, भ्रातृ संस्थाहरूको अधिवेशन लगायतका विषयमा निर्णय गर्नुका साथै समसामयिक विषयमा पनि निर्णय गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =