उच्च अदालतले उल्ट्यायो मधेस सरकारको मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । उच्च अदालत जनकपुरले मधेस सरकारले कर्मचारी खटाउने गरेको मन्त्रिपरिषद्को निर्णयलाई उल्ट्याउँदै बदर गरेको छ ।

असार १२ गतेको उक्त निर्णयमा स्वास्थ्य मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त प्रमुखको रूपमा राजीव झालाई थप जिम्मेवारी दिने निर्णय गरिएको थियो ।

मधेस सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गत केन्द्रको निमित्त प्रमुखमा ११ औं तहका जेनरल हेल्थ सर्भिसेसका प्रमुख, डा. सुनिल कुशवाहालाई सरुवा गर्दै १० औं तहका राजीव झालाई जिम्मेवारी दिने निर्णय गरेको थियो । यस निर्णयविरुद्ध डा. कुशवाहाले उच्च अदालतमा रिट दायर गरेका थिए ।

उच्च अदालत जनकपुरका न्यायाधीश राजुराम सिलवालले सुनुवाइ गर्दै मधेस प्रदेश मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न आदेश दिएका छन् ।

न्यायालयले २७ गतेको पेसीमा उपस्थित हुन मधेस सरकारलाई निर्देशन दिएको छ र यस अवधिमा कुनै कर्मचारीलाई थप जिम्मेवारीमा खटाउन नदिने आदेश जारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =