सिटिजन्स बैंकद्वारा हुम्लाका अग्नि पीडितलाई राहत वितरण

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हुम्ला जिल्ला सर्केगाड गाँउपालिका बडा नं ३ उनापानीमा गत असार १ गते भएको आगलागीमा परेका ८ बटा घर पीडितहरूलाई आवश्यक राहत स्वरूप खाद्यान्न सामाग्री लगायत लत्ता कपडाहरू वितरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त राहत वितरण गरेको हो ।
घर जलेर घरबारविहीन भएका परिवारहरूलाई सानै भएता पनि सहयोग गर्न पाउँदा पीडितहरूको दिनचर्यामा केही दिनको लागी भए पनि सहजता आउने विश्वास लिएको बैंकले जनाएको छ ।
पीडितहरूलाई राहत वितरण कार्यक्रममा बैंकका कर्णाली प्रदेश सर्केगाड शाखाका शाखा प्रमुख लगायत अन्य कर्मचारीहरू तथा टोलका समाजसेवी बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो । वितरण गरिएको खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, तेल र अन्य सामाग्री एवं लत्ता कपडाहरूमा कुकर,डाडु तथा पिठो रहेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका विभिन्न स्थानहरूमा स्वस्थ शिविर सञ्चालन, सामुदायिक विद्यालय एवं मठ मन्दिरहरूमा सहयोगहरू गरिसकेका छ ।








