औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ : दामोदर भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रोजगारी सिर्जना र औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अगामी आर्थिक वर्षको बजेट विनियोजन गरिएको बताएका छन् ।

राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले बजेटमा लघु तथा मझौला उद्योग प्रवर्द्धन, सीप विकास, औद्योगिक ग्राम र घरेलु उत्पादनलाई प्राथमिकतामा राखिएको बताएका हुन ।

उनले औद्योगिक तथा रोजगारमूलक आयोजना प्रभावकारी कार्यान्वयन र पुँजीगत खर्च अभिवृद्धि गर्न विभिन्न कानुनी प्रावधानमा समयसापेक्ष संशोधन गरिएको समेत बताए । उनले घरेलु मदिराको ब्राण्डिङका लागि समेत बजेट विनियोजन गरिएको र अन्तःशुल्क तथा मदिरासम्बन्धी नियमावली संशोधन प्रक्रियामा रहेको जानकारी पनि गराए ।

उनले भने ‘सरकारले औद्योगिक पूर्वाधार निर्माण लघु तथा मझौला उद्योग प्रवर्द्धन, औद्योगिक ग्राम विकास र सिप विकास कार्यक्रममार्फत रोजगारी सिर्जना गर्ने विभिन्न योजनाहरू अगाडि बढाएको छु । स्थानीय तहमा लघु उद्यम विकास कार्यक्रम सशर्त अनुदानमार्फत कार्यान्वयन भइरहेको छ । औद्योगिक र रोजगारमूलक आयोजना प्रभावकारी कार्यान्वयन र पुँजीगत खर्च अभिवृद्धि गर्न सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६, औद्योगिक व्यवसाय ऐन, २०७६ लगायतका ऐनका प्रावधानमा समयानुकूल संशोधन गरी शासकीय सुधारलाई पहिलो प्राथमिकतामा राखेको छ । घरेलु मदिराको ब्राण्डिङ गर्नेगरी बजेट विनियोजन गरिएको छ ।’

रुग्ण उद्योगहरूको पुनः सञ्चालनका लागि विवरण संकलन गरी अर्थ मन्त्रालयसँग आवश्यक समन्वय मन्त्री भण्डारीको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =