तनहुँमा सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ७ बजेदेखि सेवा दिँदै आएकामा सोचेअनुसार सेवाग्राही नआएपछि बिहानी सेवा बन्द गरेको छ ।

कार्यालयमा नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि गत जेठ ३० गतेदेखि बिहान ७ बजेदेखि सेवा प्रवाह गर्न थालिएको थियो ।

सेवाग्राही न्यून भएपछि कार्यालयले आइतबारदेखि उक्त समयमा सेवा बन्द गरिएको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए ।

सेवाग्राहीको चापलाई मध्यनजर गरी सेवा सुरु गरे पनि सेवाग्राही नियमित समयमा नै आउने भएपछि बिहान १० बजेदेखि पूर्ववत् अवस्थामा सेवा दिन थालिएको उनको भनाइ छ ।

केही दिनदेखि दैनिक औसतमा ४२ जना नागरिकता र ११७ राष्ट्रिय परिचयपत्रका लागि आउने गरेका छन् । विगतमा दैनिक १०० भन्दा बढी नागरिकता र २०० भन्दा बढी राष्ट्रिय परिचयपत्रका लागि आउने गरेका थिए ।

कतिपय सेवाग्राही बिहानदेखि नै कार्यालयको मूलढाकोमा लाइनमा बस्ने गरेको अवस्थालाई मध्यनजर गरी बिहानी सेवा प्रवाह सञ्चालन गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =