स्वास्थ्यमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको जनाइएको छ ।

वीर अस्पतालले जारी गरेको विज्ञप्तिमा अस्पतालका निर्देशक प्राडा दिलीप शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको समेत जनाइएको छ ।

निर्देशक प्राडा शर्माले मन्त्री पौडेल ज्वरो आई अस्पतालमा भर्ना भएका र अहिले स्वास्थ्य सुधार भइरहेको बताए मन्त्री पौडेलले थाइल्यान्डमा आयोजित कार्यक्रममा सहभागी भई स्वदेश फर्के लगत्तै यही असार १४ गते अस्पतालमा भर्ना भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =