‘साधारण खर्चमा नभई पुँजी निर्माणमा ऋणको प्रयोग हुन जरुरी’

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले साधारण खर्चका लागि आन्तरिक ऋण लिने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।
प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताएका हुन् ।
तलब, भत्ता, प्रशासनिक खर्चजस्ता निरन्तर दोहोरिने खर्चमा ऋण प्रयोग हुनु अर्थतन्त्रका लागि दीर्घकालीन जोखिम उनको भनाइ छ । उनले सरकारलाई खर्चको प्राथमिकता पुनः संरचना गर्न र ऋणको सदुपयोग सुनिश्चित गर्न आग्रह गरे । उनले साधारण खर्चमा नभई पुँजी निर्माणमा ऋणको प्रयोग हुन जरुरी रहेको बताए ।
उनले भने ‘हरेक वर्ष आन्तरिक ऋणको आकार बढ्दै छ । आन्तरिक ऋण लिनुपनि पर्छ । तर के का लागि लिने ? किन लिने ? भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने आवश्यकता छ । हाम्रो जुन खर्चको आकार बढ्दै छ । साधारण खर्च ठुलो छ । त्यो साधारण खर्चको लागि आन्तरिक ऋण लिँदै जाने हो र त्यसको आकार बढाउँदै जाने हो भने यो दिगो हुँदैन । यसको लागि आउने दिनमा हामीले गम्भीर रुपमा समीक्षा गर्नुपर्छ । अहिले नै हेर्ने हो भने हाम्रो आन्तरिक ऋणको ठूलो हिस्सा साधारण खर्चमा गइरहेको छ । तलबभत्ता लगायतका कुराको लागि हामीले ऋण उठाइरहेका छौँ । अहिले हाम्रो बाह्यभन्दा आन्तरिक ऋण बढिरहेको छ । यसतर्फ सरकारको गम्भीर ध्यान जानुपर्छ ।’
नेकपा ९माओवादी केन्द्र०का प्रमुख सचेतक हितराज पाण्डेले ऋणको सदुपयोग गर्ने सवालमा सरकार गम्भीर बन्न जरुरी रहेको बताए । उनले साधारण खर्चको लागि पनि जम्मै पैसा सरकारले लिएपछि निजी क्षेत्रले के पाउँछ रु उनको प्रश्न छ । हरेक वर्ष बजेट निर्माणको क्रममा ठुलो ब्याजदरमा आन्तरिक ऋण लिँदै जाने हो भने अर्थतन्त्र र उत्पादनमा गम्भीर प्रभाव पर्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । उनले पुँजी निर्माण गर्ने उत्पादन दिने कुरामा मात्र आन्तरिक वा बाह्य ऋणको प्रयोग हुनुपर्नेमा जोड दिए ।
उनले मिटरब्याजको समस्या गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको समाधानका लागि सरकार गम्भीर हुन जरुरी रहेको बताए ।








