लक्ष्मी सनराइज बैंक र IFC बीच जोखिम व्यवस्थापन सुदृढीकरणका लागि साझेदारी

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले International Finance Corporation (IFC) सँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको छ ।

यस साझेदारीले सूचना प्रविधि, बजार, कर्जा र सञ्चालन सम्बन्धी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनेका साथसाथै जलवायु फाइनान्स र सप्लाइ चेन फाइनान्स जस्ता दिगो वित्त र आपूर्ति वित्तको प्रवर्द्धन गर्ने गरी दुई मुख्य क्षेत्रहरूमा आफ्नो पहल केन्द्रित गर्ने बैंकले जनाएको छ ।

यस सम्झौता पत्रमा लक्ष्मी सनराइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी
चेरकाउईले हस्ताक्षर गरेका थिए ।

यो साझेदारीले लक्ष्मी सनराइज बैंकको दिगोपनको आधार निर्माण, जोखिम व्यवस्थापनमा सुधार ग्राहकहरूको दीर्घकालीन हितलाई प्राथमिकता दिने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको बैंकले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =