बयलपाटा अस्पताललाई जापान सरकारको ९० लाख बराबर सहयोग

अछाम । जापान सरकारले अछामको बयलपाटा अस्पताललाई ट्रमा तथा हाडजोर्नीसम्बन्धी शल्यक्रियाका लागि आवश्यक चिकित्सा उपकरण हस्तान्तरण गरेको छ ।

बुधवार साँफेबगरमा आयोजित कार्यक्रममा काठमाडौँस्थित जापानी दूतावासका कार्यवाहक राजदूत तमुरा ताकाहिरोले करिब ९० लाख रुपैयाँ बराबरका उपकरणहरू अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

उक्त सहयोग जापान सरकारको ग्रामीण मानवसुरक्षा परियोजनाअन्तर्गत गरिएको हो । उपकरणले ट्रामा तथा हाडजोर्नी उपचारमा गुणस्तरीय सेवा प्रवाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

पाँच जिल्लाका बिरामी लाभान्वित

बयलपाटा अस्पतालबाट सुदूरपश्चिम प्रदेशको अछाम, बाजुरा, डोटी र कर्णाली प्रदेशको कालिकोट तथा दैलेख जिल्लाका बिरामीले नियमित सेवा लिँदै आएका छन् । अस्पताल प्रदेश र स्थानीय सरकार तथा गैरसरकारी संस्थाको सहकार्यमा सञ्चालन हुँदै आएको हो ।

कार्यक्रममा कार्यवाहक राजदूत तामुरा ताकाहिरोले जापानी सहयोगले नेपालको ग्रामीण स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने र दुई देशबीचको मित्रतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 7 =