दीर्घकालीन आर्थिक विकासलाई मद्दत पुग्ने अनुदान मात्रै लिनुपर्छ : जनार्दन शर्मा

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नीतिगत हस्तक्षेपबाट मुक्त भएर लगानी गर्नसक्ने अनुदान मात्रै लिनुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नीतिगत हस्तक्षेपबाट मुक्त भएर लगानी गर्नसक्ने अनुदान मात्रै सरकारले लिनु उचित हुने बताएका हुन् ।

उनले नेपालले पैसामा लगानी गर्ने नभई नीतिमा लगानी गर्ने गरेको बताए । सरकारले लिएका बढी अनुदानहरू नीतिगत हस्तक्षेपको रुपमा आउने गरेकाले नेपालले भनेअनुसार विकास गर्न नसकेको जिकिर गरे । आफूले भनेअनुसार लगानी गर्न नपाउँदा देशको आवश्यकताअनुसार चल्न नसकिएको बताए ।

राष्ट्रियता, सार्वभौमिकताको प्रश्नमा तलमाथि नहुने गरीको सहायता स्वीकार गर्न जरुरी रहेको उनको भनाइ छ । दीर्घकालीन आर्थिक विकासलाई मद्दत पुग्ने कुराहरू मात्रै स्वीकार गर्न आवश्यक रहेको बताए ।

पूर्वअर्थमन्त्री शर्माले भने ‘हाम्रो लगानी पैसामा होइन, नीतिमा हुँदो रहेछ । नीतिगत हस्तक्षेपको रुपमा आउँदो रहेछ । हामी स्वतन्त्रै छैनौँ । हामीले भनेअनुसार लगानी गर्न पाउने कुरा होइन रहेछ । के हो त्यो भनेअनुसार गर्नुपर्ने । हाम्रो देशको आवश्यकतामा हामीले हाम्रो देशको अर्थतन्त्रलाई रक्षा गर्न केही निर्णय गर्यो भने यति दबाब, यति हस्तक्षेप, नीतिगत हस्तक्षेपबाट मुक्त स्वतन्त्र ढंगले लगानी गर्नसक्ने फण्ड लिने हो हामीले । तर सबै कुरा बाँधिएका छन् । नीतिगत यस्ता विषय छन् जसले हामीलाई आफ्नो भएको कुरा पनि प्रयोग गर्न नसक्ने अवस्थामा पुर्याउने कुराबाट मुक्त हुनुपर्छ । हाम्रो राष्ट्रियता, सार्वभौमिकताको प्रश्नमा तलमाथि नहुने गरीको सहायता हामीले स्वीकार गर्ने हो । नीतिगत रूपले भन्दा दीर्घकालीन आर्थिक विकासलाई मद्दत पुग्ने कुराहरू हामीले लिने हो ।’

पूर्वअर्थमन्त्री शर्माले आफ्नो ढंगले सञ्चालन गर्न नसक्ने, नपाउने र नेपालको अवस्थालाई सुधार गर्ने भन्दा त्यही ऋणमा परेर अझ समस्यामा पर्ने हो भने ती कुराहरू आवश्यक नरहेको बताए । नेपालको लगानी जरामा नभई पातमा भइरहेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − four =