नेशनल लाईफ इन्स्योरेन्सका अध्यक्ष सिंहद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।

नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाबाट एक कार्यक्रमका बीच बीमा ऐन २०७९ को दफा ४७ (६) को व्यवस्था अनुसार सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् ।

कम्पनीको मिति २०८२/०३/०५ मा भएको ३७ औं वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालक समितिको पूर्नगठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा सर्व सम्मतिबाट पूर्ननिर्वाचित भएकी हुन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्षले कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष सिंहको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे ।

सिंहले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा नेपाल बीमा प्राधिकरणको अध्यक्षलाई आफ्नो र सञ्चालक समितिको तर्फबाट आभार एवं धन्यवाद दिइन् ।

उक्त समारोहमा नेपाल बीमा प्राधिकरणबाट कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =