मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १७ सय रुपैयाँले घटेको हो ।

मंगलबार छापावाल सुनको मूल्य तोलाको १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर २ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी २ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =