महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा

काठमाडौँ । महालक्ष्मी विकास बैंकले अब आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ्ग एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्ने सुविधा सुरु गरेको छ ।

बैंकले आफ्नै मोबाइल बैंकिङ्ग एप ‘महालक्ष्मी स्मार्ट साथी’ मा नयाँ सुविधा थप गर्दै विदेशबाट पठाइएको पैसा सिधै खातामा जम्मा गर्न मिल्ने व्यवस्था ल्याएको हो ।

यस सुविधा अन्तर्गत विदेशबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट तथा मनी ट्रान्सफर कन्ट्रोल नम्बर (MTCN)  एपमा प्रविष्ट गरेपछि रकम सिधै खातामा जम्मा हुने बैंकले जनाएको छ ।

अब ग्राहकले पैसा लिनका लागि रेमिट्यान्स काउन्टर वा पेमेन्ट एजेन्टकोमा जानुपर्ने झन्झटबाट मुक्त हुनेछन् । लाइन बस्नुपर्ने झन्झट अन्त्य हुने र समयको समेत बचत हुने बैंकको विश्वास छ ।

बैंकले हाल विश्वका १०० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गरी पठाइएको रकम सजिलै खातामा प्राप्त गर्न सकिने जनाएको छ ।

डिजिटल बैंकिङ्गमा नवप्रवर्तन गर्दै आएको महालक्ष्मी विकास बैंक मोबाइल बैंकिङ्ग एपमै यस किसिमको सेवा प्रदान गर्ने पहिलो विकास बैंक बनेको छ ।

बैंकले आफ्नो डिजिटल सेवा प्रणालीलाई अझ प्रविधिमैत्री र ग्राहककेन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता समेत जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =