जसपा, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक : निर्वाचन आयोगमा चलिरहेको विवादबारे छलफल

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिवारदेखि सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिवार सुरु भएको बैठक आईतवारसम्म चल्ने पार्टी प्रवक्ता मनिसकुमार सुमनले जानकारी दिए ।

उनले बैठकमा पार्टीको अधिवेशन सम्पन्न भएका जिल्ला र स्थानीय तहको समीक्षा भएको जानकारी दिए । शनिवारको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा चलिरहेको विवादका बारेमा जानकारी गराएको बताए ।

जनता समाजवादी पार्टी, नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी बनेको छ । सर्वोच्चमा पुगेको विवाद र अन्य पार्टीसँगको समन्वयमा सामान्य चर्चा गरेको प्रवक्ता सुमनले बताए । साथै प्रदेश अधिवेशनका लागि निर्देशिका निकालिएको र निर्देशिकाअनुसार भाद्र मसान्तसम्ममा अधिवेशन सकिने तयारी गरिएको उनले जानकारी दिए ।

उनले भने ‘पार्टी केन्द्रीय कार्यकारिणी बैठक सुरु भएको हो । बैठकमा कार्यकारिणी पदाधिकारीले आआफ्नो जिम्मेवारीको समीक्षा गर्नुभयो । बैठकमा सम्पन्न भएका पार्टीको अधिकांश जिल्ला, वडा, नगरपालिका, गाउँपालिका समितिहरू र शुभेच्छुक संस्थाहरूको अधिवेशनको समीक्षा भयो । सात वटै प्रदेशमा अधिवेशन गर्नका लागि निर्देशिका निकालिएको छ । जसमा भाद्र मसान्तसम्ममा सबै अधिवेशन सक्नेगरी निर्देशिका निकालिएको हो । त्यसमा पनि छलफल भयो । बैठक भोलि सकिन्छ । आजको बैठकमा निर्वाचन आयोगमा चलिरहेको विवाद, सर्वोच्चमा भइरहेको विवाद र अन्य पार्टीसँगको समन्वय र सहकार्यबारे अध्यक्षज्यूले सामान्य चर्चा गर्नुभयो । बैठक भोलि सकिन्छ ।’

उनले बैठकमा पार्टी अध्यक्षले वर्तमान राजनीतिक गतिविधिसँगै अन्य पार्टीसँगको समन्वय र सहकार्यबारे सामान्य चर्चा गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 7 =