पन्ध्र दिनका लागी सिन्धुली, खुर्कोट मार्ग साँझ ६ :३० देखि बिहान ५ बजेसम्म बन्द हुने
२०८२ असार ७ गते

काठमाडौँ । वि.पि. राजमार्गको सिन्धुली, खुर्कोटबाट काठमाडौं तर्फ जाने सार्वजनिक र निजी यात्रुवाहक सवारी साधनलाई साँझ ६:३० बजे देखि बिहान ५:०० बजेसम्म प्रस्थान गर्न रोक लगाइएको छ ।
आजबाट १५ (पन्ध्र) दिनको लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले उक्त रोक लगाएका हो ।
हाल देशमा मनसुन सक्रिय अवस्थामा रहेकोले गर्दा कुनै पनि समयमा बर्सातका कारण विपतको अवस्था सिर्जना हुन जाने भएकोले सो हुन नदिन र यात्रु तथा सवारी सुरक्षामा सतर्कता अपनाउन प्रशासनले एक सूचना जारी गरेर यस्तो सूचना दिएको हो ।
काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकको मिति २०८२/०३/०६ को निर्णय अनुसार उक्त निर्णय गरिएको हो ।
जिल्ला सुरक्षा समिति, सिन्धुलीले यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

२०८२ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित








