श्री नेशनल लाईफ इन्स्योरेन्सको ३७ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । श्री नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३७ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ ।

अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा हिजो कम्पनीको ३७ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको हो ।

सभामा अध्यक्षले समीक्षा वर्ष २०८०/८१ मा अर्थतन्त्र चुनौतीपूर्ण रहेको उल्लेख गरे ।

कोभिड महामारीको दीर्घकालीन प्रभाव, भू–राजनीतिक संघर्ष एवं प्रतिफूल मौसमको कारणले आपूर्ति श्रृंखलामा अवरोध उत्पन्न भई खाद्यान्न, ऊर्जा र अन्य वस्तुहरूमा मूल्य वृद्धि भएको एवं देश भरमा सहकारीमा परेको समस्या, घर जग्गा कारोबारमा छाएको मन्दी एवं वस्तु तथा सेवाको मागमा ह्रास आएको कारणले समग्र अर्थ व्यवस्था प्रभावित भएकोमा हाल अर्थतन्त्र सुस्त गतिमा रहेको भएता पनि बाह्य सूचकाङ्कहरू सकारात्मक रहेका र आन्तरिक आर्थिक अवस्थामा केही समय पश्चात् सुधार आउने अपेक्षा गरे ।

आ.व.२०८०/०८१ मा कम्पनीको व्यवसाय सन्तोषजनक रहेको जानकारी दिएको छ । कम्पनीको कूल बीमाशुल्क २१.९० प्रतिशतले वृद्धि भई रु.२०४९.१२ करोड पुगेको छ । समीक्षा वर्षको सञ्चालनबाट जम्मा रु.१३६८.१८ करोड खुँद थप रकम कूल बिमा करार दायित्वमा सारिएको छ र कूल बिमा करार दायित्व गत वर्षको तुलनामा २१.७० प्रतिशतले वृद्धि भई वर्षान्तमा रु.७९६०.१८ करोड पुगेको छ ।

यसै गरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दाबी, अवधि समाप्ति एवं आंशिक अवधि समाप्ति दाबी, समर्पण मूल्य, दाबी एवं अन्य दाबी भुक्तानीमा रु. ८३२.८२ करोड दाबी भुक्तानी गरेको छ । कूल लगानी १७.३५ प्रतिशतले वृद्धि भई रु.७०१५.४६ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०८०/०८१ मा सो दर ९.१७ प्रतिशत कायम रहेको छ ।

कम्पनीले आफ्ना सबै लगानी योग्य रकमहरू श्री नेपाल बिमा प्राधिकरणबाट निर्देशित क्षेत्र भित्र रहेर पारदर्शिता एवं प्रतिफलको हिसाबले अधिकतम दीर्घकालीन लगानीका औजारहरूमा लगानी गर्दै आएको र यसबाट बीमितहरुको अधिकतम् हित संरक्षण हुनेमा कम्पनी विश्वस्त रहेको छ । कम्पनीले आफ्नो लगानी विविधीकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आगामी दिनहरूमा आफ्नो स्वामित्वमा जग्गा रहेका शाखाहरूमा व्यापारिक भवन निर्माण गर्ने प्रयोजनको लागि स्थिर सम्पत्तिमा थप लगानी गर्दै जाने नीति अवलम्बन गरेको छ । यसै परिप्रेक्षकमा कम्पनीको नेपालगन्ज स्थित भवन निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

कम्पनीले आफ्नो इटहरी शाखाको लागि आफ्नो स्वामित्वमा रहेको जग्गामा नयाँ आधुनिक व्यापारिक भवन निर्माण प्रक्रिया पनि अगि बढाएको छ । कम्पनीलाई प्रविधि मैत्री बनाउन यथा शक्य लगानी भैरहेको छ । यसैगरी कम्पनीमा कर्मचारीहरूलाई प्रशिक्षित गर्न आवश्यक प्राविधिक तालिम प्रदान गर्नमा कम्पनी केन्द्रित रहेको छ ।

कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बिचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खुँद नाफाको १ प्रतिशत बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गत कम्पनीले विशेष गरी स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । यसै सन्दर्भमा समीक्षा वर्षमा कम्पनीले केटाकेटीको स्वास्थ्य उपचार सम्बन्धी परियोजनाको लागि Kathmandu Institute of Child Health संस्थालाई रु. २५ लाखको आर्थिक सहयोग समेत प्रदान गरेको छ ।

३७ औं वार्षिक साधारण सभाले आ.व. २०८०/०८१ को लागि कम्पनीको अद्यावधिक चुक्ता पुँजी रु.५,२१,२१,३३,०८२ मा १० प्रतिशतका दरले नगद लाभांश रु.५२,१२,१३,३०८/२० र ५ प्रतिशतका दरले बोनस शेयर लाभांश रु.२६,०६,०६,६५४/१०९ साथै उक्त नगद एवं बोनस लाभांशमा कर प्रयोजनको लागि रु.४,११,४८,४१८/७० नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । नियामक निकायले जीवन बिमा कम्पनीको चुक्ता पुँजी रु.५ अरब पुर्याउनु पर्ने वाध्यात्मक व्यवस्था गरेकोमा हाल कायम रहेको चुक्ता पुँजी रु.५,२१,२१,३३,०८२ मा ५ प्रतिशतको बोनस शेयर थप भई कूल चुक्ता पुँजी रु.५,४७,२७,३९,७३६ पुगेको छ ।

कम्पनीको ३३ औं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालकहरूको पदाविधी समाप्त भई ३७ औं वार्षिक साधारण सभाबाट संस्थापक सदस्यहरूको तर्फबाट ३ जना सञ्चालकहरू प्रेमा राज्य लक्ष्मी सिंह, रथी पवन बहादुर पाँडे (अ.प्रा) र कुशल मल्ली साथै सर्वसाधारण समूह तर्फबाट २ जना सञ्चालकहरू श्री कुलदीप शरण सिंह र श्रीमती भवानी राणालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचन गरेको छ ।

सभामा अध्यक्षले आउने दिनहरूमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मुख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ति गर्नमा अग्रणी भूमिका निर्वाह गरिरहने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seventeen =