मेटमणि चौधरीले ५ करोड ४० लाख ठगेको भन्दै प्रहरीमा पर्‍यो जाहेरी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीविरुद्ध बैङ्किङ कसुरअन्तर्गत चेक अनादरको आरोपमा जाहेरी परेको छ ।

दाङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद चौधरीविरुद्ध ५ करोड ४० लाख रुपैयाँको चेक बाउन्स भएको दाबी गर्दै जाहेरी परेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुन तिमिल्सिनाले हुलाकमार्फत सांसद चौधरीविरुद्ध उजुरी परेको पुष्टि गरे । ‘हुलाकबाट जाहेरी आएको हो, तर त्यसको सत्यता पुष्टि गर्ने प्रक्रिया बाँकी छ,’ उनले भने ।

एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका चौधरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

हालसम्म जाहेरी कसले, कहाँबाट र कुन परिवेशमा दिएको भन्ने विस्तृत विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रहरी स्रोतका अनुसार, उजुरी प्राप्त भएको भए पनि आवश्यक प्रारम्भिक अध्ययनपछि मात्र थप प्रक्रिया अघि बढाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + ten =