इण्डोनेसियाको माउन्ट लेवोटोबी लाकी-लाकी फेरि विस्फोट
२०८२ असार ५ गते

काठमाडौं । इण्डोनेसियाको पूर्वी नुसा तेङ्गारा प्रान्तमा रहेको माउन्ट लेवोटोबी लाकी-लाकी पुनः विस्फोट भएको छ । जसकारण बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान बाध्य पारेको छ ।
उडानहरु रद्ध गरिएको छ । ज्वालामुखी तथा भूगर्भीय विपद् न्युनिकरण केन्द्रकाअनुसार ज्वालामुखी बुधवार सक्रिय रह्यो । यसको ढलानमा रहेका धेरै गाउँहरूमा खरानी फैलिएको छ ।
मंगलवारको विस्फोटले आकाशमा १० किलोमिटर माथिसम्म ठूलो खरानीको स्तम्भ बनेको देखिएको छ । बुधवारको विस्फोट भने केही कमको थियो । जसमा खरानीको प्लम लगभग १ किलोमिटर माथि मात्रै थियो ।
२०८२ असार ५ गते
प्रतिक्रिया
सम्बन्धित








