देशभित्र भविष्य खोज्ने अभियानलाई तीव्रता दिनुपर्छ : अर्थमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले देशभित्र भविष्य खोज्ने अभियानलाई तीव्रता दिनुपर्ने बताएका छन् ।

कोरियाको अनुभवमा आधारित सफलताका कथाहरू नाम पुस्तकको राजधानीमा विमोचन गर्दै उनले सम्भावना हुँदाहुँदै पनि देशभित्र आफ्नो भविष्य खोज्नेहरू अहिले कमी रहेको बताएका हुन् ।

अर्थमन्त्री पौडेलकाअनुसार प्रकृतिको वरदानका रुपमा चिनिने नेपालमा धेरै गर्न सकिन्छ । प्रचुर सम्भावनाहरूलाई उपयोग गरेर देशलाई समृद्ध बनाउनुपर्ने पौडेलले बताए । विदेशमा सिकेको सीप पुँजी सबैले नेपालमा उपभोग गर्न सके देश छिट्टै विकसित हुने उनको भनाई छ ।

उनले भने ‘भूगोलका हिसाबले देश सानो छौं तर प्राकृतिक दृष्टिकोणले हामी सम्पन्न छौं । सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक, दृष्टिकोणले हामी सम्पन्न छौं । त्यसअर्थमा हामीले हाम्रो देश भित्र भविष्य खोज्नुपर्छ । तथापि आजको दुनियाँमा कोही पनि आफ्नो देशभित्र रहेर अघि बढ्न सम्भव हुँदैन । विभिन्न सन्दर्भमा अध्ययनका सिलसिलामा श्रम, व्यवसायका सिलसिलामा मानिसहरु एउटाबाट अर्को मुलुकमा गइरहेका हुन्छन् ।’

कोरियामा सिकेको सीप र पुँजीलाई नेपालमै सदुपयोग गरेर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन युवाहरूलाई पौडेलले आह्वान गरे । पुस्तकले अरूलाई पनि विदेशबाट नेपालमा आएर केही गर्न उत्प्रेरणा मिल्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =