फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर र गृहमन्त्रीबीच भेट

काठमाडौँ । सामाजिक सञ्जालमा अलबिदा लेखेर सम्पर्कविहीन भएर फेला परेका डाक्टर केशव श्रेष्ठलाई गृहमन्त्री रमेश लेखकले भेटेका छन् ।
भैँसेपाटीस्थित मन्त्री क्वार्टरमा बोलाएर मन्त्री लेखकले डाक्टर श्रेष्ठलाई मंगलबार बिहान भेटेका हुन् ।
सो भेटमा गृहमन्त्री लेखकले श्रेष्ठको समस्याबारे जानकारी लिँदै प्रहरीलाई भनेर खोज्न लगाएको थिएँ । के भएको हो तपाईँको खास ? लगायत विषयमा सोधेका थिए ।
गृहमन्त्री लेखकको प्रश्नको जवाफमा श्रेष्ठले आफूमाथि झुटो आरोप लगाएर जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गर्दा स्पष्टीकरण सोधेको र सरुवा गरिएकोबारे जनाकारी गराएका थिए ।
डाक्टर श्रेष्ठले सामाजिक सञ्जालमा सोमबार बिहान अलबिदा भन्दै स्टाटस लेखेर सम्पर्कविहीन भएपछि प्रहरीको विभिन्न युनिटले उनको खोजी गरेको थियो । उनलाई खोजी गर्नेक्रममा सोमबार दिउँसो करिब २ बजेतिर बालाजुस्थित एक रिसोर्टमा प्रहरीले फेला पारेको थियो ।









