जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ
२०८२ असार २ गते

सुर्खेत । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका–१५ रतुगाउँ बस्ने २४ वर्षीय गणेश वलीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गणेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०८२ असार २ गते
प्रतिक्रिया
सम्बन्धित








