ज्ञानेन्द्र शाहीबारे वर्षमान पुनले भने- हावादारी कुरा गरेर कहीँ पुग्न सकिदैँन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) उपमहासचिव वर्षमान पुनले स्टन्ट गरेर राजनीति नचल्ने बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले माओवादी केन्द्रमाथि विभिन्न आरोप लगाएको छ नि भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उपमहासचिव पुनले प्रमुख सचेतक शाही हावादारी कुरा गर्ने व्यक्ति भएको बताए ।

उनले वाहियात, तर्कहीन कुरा, हावादारी कुरा गरेर कहीँ पनि पुग्न नसकिने बताए ।

उनले भने ‘ज्ञानेन्द्र शाहीजीलाई म व्यक्तिगत रूपले सम्मान गर्दछु । तर प्रवृत्तिगत रूपले उहाँसँग हाम्रो सहमति छैन । विगतमा प्रधानमन्त्रीसँग टिआरसीको बारेमा छलफल भयो, त्यसैदिन कुलमानलाई हटाउनु भयो । त्यसैदिन कुलमान साट्यो भन्नुभयो । यस्ता वाहियात, तर्कहीन कुरा, हावादारी कुरा गरेर कहीँ पनि पुगिँदैन । उहाँ एउटा युवा राजनीतिज्ञ हुनुहुन्छ । सस्तो लोकप्रियताबाट स्टन्ट गरेर राजनीति चल्दैन ।’

-उनले सस्तो लोकप्रियताबाट राजनीति चल्न नसक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =