महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरूलाई सम्मान

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३१ औँ वार्षिकोत्सवको अवसरमा २० वर्ष सेवा प्रदान गरेका कर्मचारीहरूलाई एक विशेष कार्यक्रम सहित सम्मान गरिएको छ ।

बैंकमा इमानदार, निष्ठा, समर्पण, दायित्वबोध र व्यावसायिकता साथ २० वर्ष सम्म निरन्तर रुपमा बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्त्वपूर्ण सेवा तथा योगदान पुर्याए बापत ३६ जना कर्मचारीहरूलाई काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्मान गरिएको हो ।

विभिन्न शाखा कार्यालयहरू तथा केन्द्रीय कार्यालयमा रही सेवा प्रदान गरिरहेका उक्त कर्मचारीहरूलाई बैंकका अध्यक्ष, सचालक समितिका सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका हुन् ।

उक्त कार्यक्रममा सञ्चालक समिति सदस्यहरू, बैंकका उच्च पदस्थ अधिकारीहरू, विभागीय प्रमुखहरू, प्रदेश प्रमुखहरू, काठमाण्डौं उपत्यकाका शाखा प्रबन्धकहरू लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । सम्मानित कर्मचारीहरूको ज्ञान, सीप, अनुभव र मार्गदर्शनले बैंकलाई अझ बलियो बनाउने विश्वास लिइएको बैंकले जनाएको छ ।

साथै उक्त कार्यक्रममा महालक्ष्मी टोष्टमास्टर क्लबको औपचारिक सुरुवात समेत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =