३.८ गुणा बढी आवेदन प्राप्त गर्दै ‘निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९’ को बाँडफाँड सम्पन्न

काठमाडौँ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा रही नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्कासन गरेको ‘निफ्रा ग्रीन इनर्जी बोन्ड ६ % – २०८८/८९’ नामको हरित ऊर्जा ऋणपत्रको बाँडफाँड आज २०८२ जेष्ठ २९ गते एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंको प्राङ्गणमा बाँडफाँड सम्पन्न भएको छ ।

बैंकका अनुसार रु.५ अर्ब रकम बराबरको यस हरित ऋणपत्रका लागि उत्साहजनक रुपमा ३.८ गुणा भन्दा बढी आवेदन प्राप्त भएको थियो । जसले नेपाली बजारको वित्तीय दृष्टिकोण प्रति उच्च विश्वास प्रतिविम्वित गर्दछ । कूल निष्कासित रकमको ६० प्रतिशत व्यक्तिगत तवर र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा गते जेठ १८ गते देखि २५ गतेसम्म निष्कासन गरिएको थियो ।

उक्त निष्कासनमा विभिन्न संघ संस्था तथा सर्वसाधारणहरू मार्फत उत्साहजनक सहभागिता रहेको बैंकले जानकारी दिएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे भन्छन् ‘नेपालको पहिलो हरित ऊर्जा ऋणपत्रको सार्वजनिक निष्कासनलाई सफलतापूर्वक सम्पन्न गर्न पाउनु हाम्रो लागि निकै गर्वको कुरा हो । यो पहल नवीनता र दूरदर्शितामा आधारित हाम्रो सिद्धान्तको स्वाभाविक विस्तार हो । एनआइएमबि एस क्यापिटलको तर्फबाट हामी यस्तो ऐतिहासिक पहलमा अग्रसर हुन पाएकोमा उत्साहित छौं । आगामी दिनहरूमा अझै यस्ता अर्थपूर्ण परियोजनाहरू लिएर आउने विश्वास दिलाउन चाहन्छौं ।’

७ वर्षको अवधि रही वार्षिक ६ प्रतिशत ब्याजदर भएको यस ऋणपत्र नेपालमै पहिलो पटक सार्वजनिक रुपमा जारी गरिएको हरित ऊर्जा ऋणपत्र रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + five =